Dabali News

साउदीमा पनि उठे क्रान्तिकारी मुठीहरु, विप्लवले आदेश दिए नेपाल फर्किने वाचा

२ असार

रियाद । नेपाल कम्युनिस्ट पार्टीको प्रवासी संगठन नेपाली जनप्रगतिशिल मोर्चा साउदीले नेपालको राजनीतिक अवस्थाबारे अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरिरहेको छ ।

वैदेशिक रोजगारीको क्रममा विभिन्न समयमा साउदी अबरको विभिन्न शहरमा पुगेका नेपालीहरु युवा–युवती नेकपाको प्रवासी संगठनमा संगठित भइरहेका छन् । मोर्चाले नेपाली कामदारहरुका विभिन्न समस्या समाधान गर्दै पनि आएको छ । नेपालका मेनपवार कम्पनी र दलालहरुले फसाएर यहाँ पठाएर अलपत्र परेकाहरुलाई उद्दार पनि मोर्चाले गर्दै आएको छ ।

साउदी पुगेका नेपालीहरुको हक अधिकारलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर मोर्चाले अन्तरक्रिया पनि गर्दै आएको छ । यसैक्रममा रियादमा नेपालको राजनीतिक अवस्था र प्रवासी नेपालीहरुले भोगेको समस्यबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेकपाको अन्तर्राष्ट्रिय विभाग मातहतमा रहेको मोर्चाका क्षेत्रीय अध्यक्ष सेती घर्तीमगर ‘कसम’ को अध्यक्षतामा कार्यक्रममा केन्द्रीय सल्लाहकार बिपुल ढुङ्गाना, केन्द्रीय उपाध्यक्ष युवराज कार्की केन्द्रीय कोषाध्यक्ष गोपिला जोसीको सहभागीता थियो ।

प्रमुख अतिथि समेत रहेका केन्द्रीय सल्लाहकार ढुंगानाले मोर्चाले साउदीमा नेपाली कामदारहरुको पक्षमा गरेको काम सन्तोषजनक रहेको भन्दै नेपाली राजनीतिबारे पनि धारणा राखे । उनले नेपालमा कम्युनिस्ट सरकार भनिएपनि दलालीकरण र निरंकुशता बढ्दै गएको बताए ।

उपाध्यक्ष युवराज कार्कीले मोर्चाले साउदीमा मजदुरहरुलाई गर्दै आएको उद्दार र सहयोगलाई जारी राख्दै रचनात्मक तरिकाबाट दलाल मेनपावर ब्यबसायहरुलाई कारवाही गराउन पहल गर्नुपर्ने बताए । उनले नेपाली कामदारलाई अलपत्र पार्ने दलालहरुको लिष्ट तयार पार्न मोर्चाको क्षेत्रीय समितिलाई निर्देशन दिए ।

कोषाध्यक्ष जोशीले मोर्चालाई अझै सशक्त पार्नुपर्ने बताए । रियादमा नेपालीलाई अलपत्र पार्ने दलाल र हुण्डिवालको बिगबिगी भएको भन्दै नामावाली सार्वजनिक गरेर सम्बन्धीत निकायलाई कारवाहीको लागि सहयोग गर्नुपर्ने धारणा राखे ।

कार्यक्रमको अन्तमा संचालक तथा मोर्चाका केन्द्रीय सचिव टिकाराम ओली ‘सुरेश’ ले मोर्चालाई अझै शसक्त बनाउँदै नेपाली युवा–युवतीको जीवनमाथि खेलवाड गर्नेहरुलाई नछोड्ने चेतावनी दिए ।

कार्यक्रमका बक्ताहरुले नेपालमा राजनीति परिवर्तन अझै अावश्यक भएको भन्दै अाफूहरु अावश्यक पर्दा नेपाली फर्किने बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]