Dabali News

कालिकोटमा नेकपाको जनजागरण अभियानः जुटे युवा-युवती (फोटोफिचर)

२ असार

कालिकोट । नेपाल कम्युनिस्ट पार्टीले जिल्लामा ‘एकीकृत जनजागरण’ अभियान संचालन गरेको छ । जिल्ला पार्टीले संचालन गरेको अभियान गाउँगाउँमा जनतासँग हातेमालो गर्दै अगाडि बढिरहेको छ ।

नेकपाको नेताहरु खेतबारीमै पुगेर जनताको काममा सहभागी भइरहेका छन् । जिल्लाका विभिन्न स्थानहरुमा भएका जनसभालाई पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुन र ब्यूरो इन्चार्ज एटम बिसी, विराट,समर, अडिगलगायतका नेताहरुले सम्बोधन गरेका छन् ।

मुम्म्रा, रास्कोटलगायत ठाउँमा भएका वृहत जनसभामा विभिन्न पार्टी परित्याग गरी सयौं नेता–कार्यकर्ताहरु पार्टीमा प्रवेश गरेका छन् ।

किसानका खेतबारीमा पुगेर नेता–कार्यकर्ताहरुले रोपाईसँगै मकैबारी गोड्ने कार्यमा सहभागी भइरहेको जिल्ला सेक्रेटरी समरले बताएका छन् ।

नेकपाले विकास निर्माण र श्रमदान पनि सँगै जारी राखेको छ । नेकपाले खुलालुहुँदै माल्कोटसम्म सडक पनि खनिरहेको छ ।

केही फोटोहरु

  •  फोटोः ओमप्रकाश पुन
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]