Dabali News

कविताः प्रिय युवा

जब तिम्रा आँखाहरु
राता राता भएर
दुश्मन तिर हेर्छन्
मुठ्ठीहरु कसिन्छन्
स्वासको गति बढ्छ
जोड जोडले चिच्याछौं
मानौं तिमी
विस्फोट हुनै लागेको
ज्वालामुखी जस्तो हुन्छौं
र हुँकार गर्छौ
गर्जिन्छन तिम्रा गर्जनहरु
ओ हो
कति सुन्दर
इंतिहासका पानामा कैद हुने
झुपडिहरुले शलाम ठोक्ने
दुखिहरुले सम्मान गर्ने
तिम्रो सुन्दरता
जनताहरुको बिचमा
प्रतिबिम्बित हुन पुग्छ
सगरमाथा झैं अग्लो
तिम्रो उँचो शिर
तिम्रो लोभलाग्दो जीवन
मजदुरहरुको बीचमा उभिँदा
हेरिरँहु जस्तो हुन पुग्छ

प्रिय युवा
तिमी मात्र यस्तो सम्झना हौं
गरिबको झुपडीमाथि
सामन्तले डोजर लगाउँदा
मजदुरको पसिना
दलालले लुटि खाँदा
अबोध र असाय नारिहरु
नरपिशाच बाट बलात्कृत हुँदा
कसैको पेट भोको होस्
या कसैको आङ्ग नाङ्गो होस्
कसैले दलित हुनु परोस्
या कोहि दमित भैरहनु परोस्
ओ हो
त्यति बेला तिम्रो सम्झना आउँछ
प्रत्यक मनहरुले
प्रत्यक उत्पिडित आत्माहरुले
तिमिलाइ सम्झन्छन
शतिसालझै
ठिङ्ग उभिएको
दुश्मनहरुको निम्ति काल
जनताहरुको आफ्नो प्यारो

प्रिय युवा
तिमिलाई खोजिरहेछ दुनियाँ
पछ्याइ रहेछन तिम्रा पदचापहरु
तिमिले थाक्नु हुन्न
केही जल्लादहरुले तिम्रा गोरेटोहरु
बन्द गर्न कोसिस गर्नेछन्
तिमिले न्याय र मुक्तिको
चौडा सडक बिस्तार गर्दै
जनताको गर्जन बनेर अगाडि बडिरहनु पर्छ

जनताका दुश्मनहरुविरुद्ध
जब तिमी विस्फोट हुन सुरु गर्नेछौ
तिमिलाई आरोपित गरिने छ
र भनिने छ
यसले आतंक फैलायो
यो आतंककारी हो
यो अतिवादी हो
यो राज्यद्रोहि हो
दलालहरुका आरोपहरुलाई
रद्दिको टोकरिमा मिल्काउँदै
यो युगको नायक

मेरो प्रिय युवा
तिमी अगाडि बडिरहनु पर्छ
तिमिले युगयुग बाँचिरहनु पर्छ
जनताको बीचमा
जनताको प्रिय बनेर

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]