Dabali News

योजना अलपत्र पार्ने १४ ठेकेदारको नाम पुग्यो गृहमा

३१ जेष्ठ

काठमाडौं । जाजरकोटबाट योजना अलपत्र पार्ने १४ जना ठेकेदारको नाम पठाइएको छ ।

जिल्लामा सञ्चालित विभिन्न आयोजनाअन्तर्गत निर्माणाधीन सडक, सरकारी भवन, पुल ८ वर्षसम्म अलपत्र पर्दा पनि निर्माण व्यवसायीले सरकारी ताकेता बेवास्ता गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

निर्माण सम्पन्न गर्ने सम्झौताको अवधि पूरा हुँदा पनि धेरै निर्माण व्यवसायी बेपत्ता हुने गरेको उनको भनाइ छ । गृहमा पठाइएकामा जिएम कन्सट्रक्सन काठमाडौं, डाँफे विशाला जेभी सुर्खेत, फ्राइन्डस कन्सट्रक्सन प्रालि काठमाडौं, मालिका निर्माण सेवा एण्ड सप्लायर्स, लोहनी एण्ड ब्रदर्स बाँके, रौताहा कन्सट्रक्सन कम्पनी उदयपुर, लुम्बिनी आशिष जेभी भरतपुर चितवन, सर्वाेद्वार फ्राइन्डस जेभी, मृत सन्जीवनी गल्वा जेभी गल्वा, मैनाचुली सुरुची जेभी सवक मजदुर कन्सट्रक्सन सुर्खेत रहेका छन् ।

जिल्लाको शिवालय गाउँपालिकाको मोर्क खोलाको मोटरेबल पुल ८ वर्षदेखि, प्राथमिक स्वास्थ्य केन्द्र दल्लीको भवन ५ वर्षदेखि, पासागाड खोला पुल ४ वर्षदेखि अलपत्र परेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]