Dabali News

दर्नाललाई राष्ट्रिय पत्रकारिता पुरस्कार

३१ जेष्ठ

काठमाडौं । पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

नेपालको पत्रकारिता क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरी पाठकको मन जित्दै परिश्रमी पत्रकारको रुपमा परिचित हुन सफल पत्रकार दर्नालले बालबालिकाको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदरस्वरुप महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले आज आयोजित एक समारोहमा सो पुरस्कार प्रदान गरिन् ।

पत्रकार दर्नाल विगत ९ वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस) मा आबद्ध छन् । पुरस्कार छनोटका लागि गठित छनोट समितिले बालबालिका सम्बन्धी सामग्रीको प्रस्तुति, भाषा, विषयवस्तु छनोट तथा गहनता, विषयको सान्दर्भिकता, खोज तथा अनुसन्धान पत्रकारिता प्रयोग एवं व्यक्तिगत विवरण र अनुभवलाई आधार बनाएर मूल्याङ्कन गरी छापामाध्यमतर्फ राष्ट्रिय समाचार समितिमा (रासस) कर्मी दर्नाल (रासस–उपत्यका) लाई छनोट गरी सो पुरस्कार प्रदान गरेकोे हो ।

नेपाल पत्रकार महासंघले केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा प्रदान गरिएको सो पुरस्कारको राशि २५ हजार रहेको छ । त्यसैगरी पुरस्कार रेडियोतर्फ रमेश दुलाल (रेडियो कान्तिपुर–उपत्यका) र मनकुमारी पुलामी (रेडियो सिद्धबाबा–मोफसल, सिन्धुली), छापामाध्यमतर्फ निमेन्द्र शाही (राजधानी दैनिक–मोफसल, बाजुरा)लाई प्रदान गरिएको छ ।

टेलिभिजनतर्फ रेणुका आचार्य (नेपाल वातावरण पत्रकार समूह–उपत्यका) र अमृता अनमोल (कान्तिपुर मिडिया–मोफसल, रुपन्देही) र कार्यक्रम प्रस्तोतातर्फ दुर्गा कार्की (नेपाल वातावरण पत्रकार समूह) र गीता चिमोरिया (सिआइएन) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

त्यसैगरी यो वर्षको ‘साहसिक पत्रकार महिला पुरस्कार’ सगरमाथा आरोही राससकर्मी रोशा बस्नेत र पत्रकारहरु प्रियालक्ष्मी कार्की, कल्पना महर्जन, रोजिता बुद्धाचार्य, डोल्मा शेर्पा, पूर्णिमा श्रेष्ठ र देउराली चाम्लिङलाई प्रदान गरिएको छ । पुरस्कारको राशि एकमुस्ट एक लाख २० हजार रहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]