Dabali News

नेकपा सांसदबाटै मन्त्रीहरुको चर्को आलोचना

३१ जेष्ठ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरुले बजेटलाई लिएर मन्त्रीहरुको चर्को आलोचना गरेका छन् ।

नेकपा सांसद प्रेम आलेले मन्त्रीहरुमाथि जमिनदारी गरेको आरोप समेत लगाउदै, विषयगत मन्त्रालयको छलफलका क्रममा उनले खेलकुदमन्त्रीको आलोचना गरे । आफूले डोटीका लागि सुरुमा ७ वटा आयोजना दिएको तर, मन्त्रीले नै भनेर २ मा झारेको सुनाए । तर, बजेटमा एउटा पनि नपरेको गुनासो पोखेका छन् ।

उनले भने, ‘डोटीमा योजना नपर्दा अर्थमन्त्रीलाई दोष दिने । आफ्नो जिल्ला कास्कीमा २४-२४ वटा योजना हाल्ने ? लाज लाग्दैन तपाईलाई ?’उनले अघि भने, ‘यस्तैयस्तै टाउको गनेर तपाईहरु पदमा बस्नु भएको छ, जनताले हामीलाई निर्वाचित गरेको हुनाले तपाईले त्यो पद प्राप्त गर्नु भएको छ । त्यो हेक्का राख्नुस् ।’ धनगढीलाई क्षेत्रीय विमानस्थल बनाउन योजना नआएको भन्दै उनले आक्रोस पोखे ।

विमानस्थल स्तरोन्नतीका लागि प्रधानमन्त्री, अर्थमन्त्री, पर्यटन मन्त्रीलाई आग्रह गरेको र सबैले हुन्छ भनेको तर एक कानले सुनेर अर्कोले उडाउने गरेको आरोप छ ।

कर्णालीमा परेको ५७ मध्ये ४४ वटा योजना डोल्पामा मात्र लगिएको भन्दै उनले भने, ‘कर्णालीको नाममा जमिनदारी भएको छ ।’ पदयात्राका नाममा कमिसन खाने खेल भएको दाबी गर्दै अघि भने, ‘पदयात्रा भनेको डोजर लगाएर बाटो बनाउने होइन । पदयात्रा भनेको उसै कर्मचारीले घिच्ने बजेट भएकाले तुरुन्त हटाउन माग गर्छु ।’

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]