Dabali News

यमनमा ४ सेना र २२ जना विद्रोहीको मृत्यु

३१ जेष्ठ

काठमाडौं । साउदी अरब र युनाइटेड अरब इमिरेट्स नेतृत्वको गठबन्धन सेनाले यमनको बन्दरगाह शहर हुदाइदाहमा भीषण हमला गरेको छ ।

हुथी विद्रोहीलाई लक्षित गर्दै गठबन्धन सेनाले हमला गरेको हो । हमलामा गठबन्धन सेनाका ४ जना र हुथी विद्रोहीका २२ जनाको मृत्यु भएको छ ।

साउदी नेतृत्वको गठबन्धन र इरानसमर्थित हुथी विद्रोहीबीचको यो युद्ध ३ वर्ष यताकै भीषण भएको बताइएको छ । यो युद्धमा लाखौं मानिसको जीवन संकटमा पर्न सक्ने चेतावनी राष्ट्र संघले दिएको छ ।

राष्ट्र संघले हुदाइदामा आक्रमण हुँदा २ लाख ५० हजार मानिसको जीवन नै संकटमा पर्न सक्ने चेतावनी छ । त्यहाँ ६ लाख मानिस बसोबास गर्छन् । रेड सी बन्दरगाहदेखि दक्षिण क्षेत्रमा रहेका हुथी विद्रोहीलाई लक्षित गर्दै हवाई आक्रमण गरिएको हो । गठबन्धनले हुदाइदाहको विमानस्थललाई लक्ष्य बनाएको छ ।

यमनी सेनाले भने स्थलमार्गबाट हुथीविरुद्ध कारवाही चलाइरहेको छ । यमनको एकमात्र तटीय शहर भएकाले हुदाइदाह उक्त मुलुककै ‘लाइफलाइन’ मानिन्छ । हाल निर्वासनमा रहेको यमनको सरकारले पनि विद्रोहीबाट यमन पुनः कब्जा गर्न यो शहरलाई मुक्त गर्नु महत्वपूर्ण हुने जनाएको छ ।

यही बन्दरगाहबाट यमनमा खाद्यान्न आपूर्ति हुने गर्छ । हुथीको नियन्त्रणमा रहेका कारण यमनमा यतिखेर खाद्यान्न समस्या देखिएको छ । युएईले बन्दरगाह शहर परित्याग गर्न हुथीमाथि दबाब बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

साउदी नेतृत्वको गठबन्धनले हुथीविद्रोहीविरुद्ध सन् २०१५ मार्चदेखि आक्रमण थालेको छ । त्यसयता १० हजारभन्दा बढी मानिस मरिसकेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]