Dabali News

महंगी, दलाल र भ्रष्टाचारविरुद्ध नेकपासहित तीन पार्टीले गरे प्रदर्शन र कोणसभा

मूल्य वृद्धि तत्काल फिर्ता नगरे कडा संघर्षमा उत्रने

३१ जेठ
काठमाडाैं । ओली सरकारले दैनिक उपभोग्य वस्तुमा चर्को रुपमा बढाएको मूल्य तत्काल फिर्ता गर्न विभिन्न दलका नेताहरुले माग गरेका छन् ।
बिहीबार महंगी, भ्रष्टचार र तस्करीले सर्वसाधारणको दैनिक रुपमा चरम मारमा पर्दै गएको र दलाल–बिचौलियाहरुले दैनिक पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्य उच्च दरमा बढेको भन्दै उनीहरुले तत्काल नियन्त्रण गरेर सहज बनाउन सरकारसँग माग गरे । मूल्य वृद्धि तत्काल फिर्ता नगरे कडा संघर्षमा उत्रने उत्रने चेतावनी सभामा बोल्ने वक्ताहरुले दिएका छन् ।

बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संयुक्त रुपमा विरोध सभा गरिरहेको छ । जनसभा नेकपाका पोलिट ब्यूरो सदस्य उमा भुजेल ‘शिलु’, क्रान्तिकारी माओवादीका नेता पोलिटब्यूरो सदस्य हस्तबहादुर केसीलगायत नेताहरु उपस्थित छन् । वक्ताहरुले सरकार जनविरोध रवैयामा लागेको भन्दै दलाल संसदीय सरकारलाई विस्थापित गरेर वैज्ञानिक समाजवादी राज्य सत्ता स्थापनाको विकल्प नभएको बताएका छन् ।

२ बजे शुरु भएको विरोध र्याली बागबजार, पुतलीसडक, भृकुटीमण्डप, भद्रकली, शहिदगट, न्यूरोड, भोटाहिटीहुँदै पुनः शान्तिबाटिका पुगेर आयोजियजत कोणसभा नेताहरुले बोल्ने क्रम जारी छ । र्यालीमा हजाराैंको सहभागी छन् ।

सरकारले नै तीन महिनामा पेट्रोल, डिजेल र मट्टितेलमा तीनपटक मूल्य बढाइसकेको छ । पेट्रोल अहिले १ सय १३ रुपैयाँ पुर्याएको छ । सरकारले दलाली गरेको वक्ताहरुले भनाई छ । पेट्रोलियम पदार्थमा मूल्य बढाएसँगै ढुवानी, उपभोग्य वस्तु दाल, चामल, तेलको मूल्य चर्को भएको छ भने सार्वजनिक सवारीको भाडा बढाउने तयारीमा सरकार लागिरहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]