Dabali News

१ वर्षमै जिल्लाकै नमुना सिंचाई कुलो निर्माण

३१ जेष्ठ

हुम्ला । जिल्लामा एक वर्ष भित्रै जिल्लाकै नमुना सिचाई कुलो निर्माण गरिएको छ ।

प्रशस्त मात्रामा खेतियोग्य जमिन भएपनि भरपर्दो सिंचाईको सुविधा नहुदाँ कृषकले व्यवसायीक खेती गर्ने सकेका थिएनन् ।

उनीहरुलाई सिंचाई उपलब्ध गराउन २०७४ जेष्ठमा सम्झौता गरिएको सर्केगाड गाउँपालिकामा रहेको सर्केगाड थाहा सिंचाई सरकारी मापदण्ड अनुसार तोकिएको समय भन्दा गल्वा निर्माण सेवा कम्पनी प्रतिनिधी कर्ण रावल, र बलि रावतले २ वर्ष भित्रै निर्माण गरी बुझाउने सम्झौता भएको भएपनि एक वर्ष अघि नै जिल्लाकै नमुना सिंचांई कुलो निर्माण गरी सिंचाई सव डिभिजन कार्यालय हुम्लालाई बुझाएको गल्वा कम्पनी प्रतिनिधी कर्ण रावलले बताए ।

सिंचाई कुलो निर्माण नहुदा पहिला गाउँका दिदीबहिनीहरुसँग झगडा हुने मनमुटाप हुने महिनौ दिनसम्म बोलचाल नहुने समस्या हुने गरेको सर्केगाड गाउँपालिका ४ की स्थानीय मैना शाहीले बताइन् । उनले आकाशे पानीका भरमा खेत रोप्नुपर्ने र कहिले आकाशबाट पानी नआएपछि खेतहरु बाझो राख्नु पर्ने अवस्था रहेको बताइन् ।

सुरुका वर्षमा पानीको समस्या हुदा खेत रोप्नका लागि नदीको पानी बोकेर रोप्ने गरेको सर्केगाड २ रुपपुरा थापाले दुखेसो गरिन् । उनले पानी नहुदा एक खेत रोप्नको लागि बिहानदेखि बेलुका सम्म पर्खिनुपर्ने थियो । हाल सिंचाई कुलो निर्माण भएपछि दिउँसै खेत रोपेर समयमै घर जाने गरेका बताइन् । योजनाको काम समयमै सम्पन्न गरिएपछि स्थानीयबासीहरुलाई सिंचाई गर्न सहज भएको छ ।

निर्माण कम्पनीहरुले जिल्ला सिंचाई सव डिभिजन कार्यालयसँग गरेको सम्झौता प्रभावकारी रुपले पालाना गरेपछि सिंचाई कुुलो समयमै निर्माण भएको सव डिभिजन कार्यालय हुम्ला प्रमुख बुद्धिलालाल विश्वकर्माले बताए । उनले सर्केगाडमा पानीको मात्रा धेरै भएपनि खेर गएकोले अब भएका खेतियोग्य जमिनमा पानीको समस्या नहुने बताए । सिंचाई कुलो निर्माण गरिएपछि झण्डै ३ सय घरधुरी लाभाम्वित हुने छन् ।

त्यसतै पानीको समस्या भएको स्थानहरुमा ट्याकी निर्माण गरी पानी संचितबाट खेत रोप्ने गरिएको छ । सर्केगाँड गाउँपालिकाकै थाहामा खेति योग्य जमिन हुँदा पनि वर्षौदेखि स्थानीयहरुले सास्ती भोग्दै आएका थिए । हाल ९२ हजार लिटर क्षमताको पानी ट्याकी निर्माण गरिएपछि स्थानीयबासीहरु खुसी भएका छन ।
पानी नहुदा अघिल्ला वर्षहरु खेतबारी बाझो राख्नु पर्ने स्थिती रहेको स्थानीय सुरी थापाको छ । ३ करोडको लगानि २ सय ६० मिटर आर सिसिसी एउटा पुल निर्माण २ सय ७० मिटर मेसनरी वाल निर्माण २५ हजार मिटर पाइप र ९२ हजार टयाकी निर्माण गरिएकोे छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]