Dabali News

बाध्यतामाथि चर्को हवाई भाडाको विरोधमा सिमकोट बन्द

३१ जेष्ठ

हुम्ला । नेपाल सरकारले दुर्गम क्षेत्रमा हवाई भाडा वृद्धि गरेको भन्दै हुम्लाको सदरमुकाम सिमकोट बजार बिहानैदेखि बन्द गरिएको छ ।

हवाई भाडा घटाउनुपर्ने मागसहित उद्योेग वाणिज्य संघ हुम्लाको अगुवाईमा ज्ञापन पत्रसहित दुर्गम क्षेत्रमा ५४ प्रतिशत हवाई भाडा गरेपछि हुम्ला सदरमुकाम सिमकोट बजार बन्द गरिएको हो ।

सँस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले वैशाख २६ गते ५४ प्रतिशत हवाई भाडा बढाउने निर्णय गरेको थियो । भाडा घटाउनुपर्ने, नियमित उडान गर्नुपर्ने माग गर्दै आएका जनताको कुरालाई सरकारले बेवास्त गरेको भन्दै सदरमुकाम सिमकोट बजार बन्द गर्न बाध्य भएको बताइएको छ ।

सरकारले राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्लालाई सहुलियत दिनुपर्ने सट्टा उल्टै चार्टर उडानको नाममा यात्रुबाट चर्को भाडा असुल्दै उडान सदाका लागि बन्द गरेर हवाई भाडा समायोजन गर्ने नाममा भाडा बढाएपछि आन्दोलन गरेको बताइएको हो ।

जनताले पाउनुपर्ने सहुलियत उडान पनि कटाएको र जनताहरुबाट हवाई जहाजमा हवाई भाडा चर्को तिरेर आवतजावत देखि दैनिक उपभोग्य वस्तुका साथै विकास निर्माणका सामाग्रीको ढुवानी गर्न बाध्य भएको नागरिक समाज हुम्लाका अध्यक्ष गणेश महतले बताएका छन् ।

उनले भने, राज्य हुम्ला जिल्लामा छिटो भन्दा छिटो सडक सञ्जाल जोडिदिएपछि हुम्लाका जनतालाई चर्को हवाई जहाजमा आवत जावत गर्ने रहर नभएको बताए । सिमकोट-नेपालगञ्ज तथा नेपालगञ्ज–सिमकोटको भाडा ७ हजार १ सय कायम छ ।

सरकारले मागको सुनुवाई नगरे शुत्रबार शनिबार सिमकोट नागरिक उडड्यन कार्यालय पनि बन्द गर्ने र असार १ गते सिमकोट नागरिक उडड्यन कार्यालयको मुल गेटमा कालोपट्टि बाधेर धर्ना दिने र असार २ गते सिमकोट नागरिक उडड्यन कार्यालय बन्द गर्ने बताइएको छ ।

जिल्ला उद्योग वाणिज्य संघ हुम्ला, नागरिक समाज हुम्ला, नेपाल पत्रकार महासंघ हुम्ला, निर्माण व्यवसायी हुम्ला, होटेल व्यवसायी हुम्ला जिल्ला स्थित सम्पुर्ण राजनैतिक दल आन्दोलित भएका छन ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]