Dabali News

प्रतिनिधिसभाको बैठकमा विधेयकमाथिको छलफल आज पनि जारी

३१ जेष्ठ

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी छ ।

जारी छलफलअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयको बजेटमा सांसदले धारणा राख्दै छन् ।

आजको बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुले समसामयिक र विकास निर्माणबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरु अतहर कमाल मुसलमान, अमनलाल मोदी, अमरेशकुमार सिंहलगायतले विकास निर्माणका काम, दैनिक उपभोग्य वस्तुको उपलब्धता, पेट्रोलियम पदार्थको मुल्यवृद्धि, तराईलगायत क्षेत्रमा वर्षातको समयमा अपनाउनुपर्ने सतर्कता, सम्भावित जोखिम व्यवस्थापनलगायतका विषयमा धारणा राखे ।

सांसद इन्दुकुमारी शर्माले बलात्कारजन्य अपराधका दोषीलाई कारवाही गर्नुपर्ने बताईन् । सांसद उमा रेग्मीले संविधानको पालना हुनुपर्नेमा जोड दिईन् । त्यस्तै, सांसद खगराज अधिकारीले सडकलगायत क्षेत्रको एकाधिकार ‘सिण्डिकेट’ तोडी जनताको पक्षमा काम गर्नुपर्ने बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]