Dabali News

अर्थतन्त्रमा कर्णाली प्रदेश, मानव विकास सूचकांकमा प्रदेश नं.२, प्रतिव्यक्ति आयमा प्रदेश नं. ७ सबैभन्दा कमजोर

३१ जेष्ठ

काठमाडौं । अर्थतन्त्रका महत्वपूर्ण सूचकहरूमा ६ नं. (कर्णाली प्रदेश) सबैभन्दा कमजोर देखिएको छ ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘नेपालको जनसांख्यिक, सामाजिक, आर्थिक तथा वित्तीय’ स्थितिसम्बन्धी प्रदेशगत प्रोफाइलमा जनाए अनुसार कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको हो ।

तथ्यांकअनुसार मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको छ । ३० खर्ब रुपैयाँको मुलुकको अर्थतन्त्रमध्ये कर्णाली प्रदेशले ४ प्रतिशत हिस्सा अर्थात १ खर्ब २४ अर्ब रुपैयाँ मात्रै योगदान गरेको छ । जीडीपीमा सबैभन्दा बढी अर्थात ३१ प्रतिशत हिस्सा प्रदेश ३ ले ओगटेको छ ।

आर्थिक रूपमा महत्वपूर्ण मानिने मानव विकास सूचकांकमा भने प्रदेश २ सबैभन्दा कमजोर देखिएको छ । प्रदेश २ को मानव विकास सूचकांक ०.४२१ हो । मानव विकास सूचकांकमा २ नं.भन्दा झिनो अंकले केही माथि कर्णाली प्रदेश छ । तथ्यांकअनुसार ०.४२७ कर्णाली प्रदेशको सूचकांक हो ।

प्रदेश ३ को मानव विकास सूचकांक मुलुकको औसत सूचकांकभन्दा बढी छ । ०.४९ मुलुकको मानव विकास सूचकांक हो भने ३ नं.प्रदेशको सबैभन्दा बढी अर्थात ०.५४३ रहेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक मापनको हिसाबले अर्को महत्वपूर्ण सूचकांक प्रतिव्यक्ति आयमा भने ७ न.प्रदेश सबैभन्दा कमजोर देखिएको छ । यो प्रदेशका एक व्यक्तिले वार्षिक ६६० अमेरिकी डलर (हालको विनियमअनुसार ७१ हजार रुपैयाँ कमाउछन् । प्रतिव्यक्ति आयमा दोस्रो कमजोर प्रदेश कर्णाली हो । कर्णालीका एक व्यक्तिले वर्षमा औसत ६७७ अमेरिकी डलर ७३ हजार रुपैयाँ कमाउछन् ।

मुलुकभरको हिसाबले यस्तो कमाइ वार्षिक १ हजार ४ डलर (१ लाख ८ हजार ११० रुपैयाँ) कमाउने गरेको तथ्यांक विभागले जनाएको छ ।

तर, ३ नं.प्रदेश प्रतिव्यक्ति आयको हिसाबले पनि सबैभन्दा बलियो देखिन्छ । ३ नं.को प्रतिव्यक्ति आय १ हजार ५ सय ३४ अमेरिकी डलर (१ लाख ६५ हजार १ सय ८१ रुपैयाँ) छ । खेतीयोग्य जमिन, उद्योग संख्या, उत्पादनमूलक उद्योगहरूमा रोजगारीको संख्या, सडक, सहकारी, राजस्व संकलन, सरकारी खर्चमा पनि कर्णाली प्रदेश नै कमजोर देखिएको छ । हालको विद्युत उत्पादन र भविष्यमा उत्पादन हुने विद्युतमा भने प्रदेश २ सबैभन्दा पछाडि देखिएको छ ।

प्रदेश २ मा विद्युतसँग सम्बन्धित आयोजनाहरू नै छैनन् । उल्लेखित सबैजसो सूचकहरूमा भने प्रदेश ३ निकै अगाडि रहेको तथ्यांकले देखाउँछ ।

हालको उत्पादनअनुसार जलविद्युतमा प्रदेश नं.४ अगाडि छ । मुलुकभर उत्पादन भइरहेको १ हजार ६ मेगावाट विद्युतमध्ये प्रदेश ४ ले ४ सय ७९ उत्पादन गरिरहेको छ । भविष्यमा समेत उत्पादन हुने हिसाबले प्रदेश ३ नै अगाडि हुने सम्भावना छ । तथ्यांकमा उल्लेख भएअनुसार निर्माणाधीन विद्युत आयोजनाहरूको क्षमता ४ हजार ६ सय ४१ मेगावाट हो । यसमध्ये २३ सय २६ मेगावाट विद्युत् ३ नं.प्रदेशमा उत्पादन हुनेछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]