Dabali News

प्रधानमन्त्री ओलीको पुत्ला दहन

३१ जेष्ठ

काठमाडौं । नेपाल विद्यार्थी संघले ताप्लेजुङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत विद्यार्थीले नाराजुलुस प्रर्दशनसहित ताप्लेजुङको सदरमुकाम फुङलिङमा आज विहान प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेकोे छ ।

देशव्यापी रुपमा सरकार विरुद्ध आन्दोलन गरिरहेको नेविसंघले ताप्लेजुङमा चरणवद्ध रुपमा आन्दोलनकोे कार्यक्रम गर्दै आएको छ ।

यसअघि ठाउँठाउँमा मशाल जुलुस निकाल्नुका साथै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको नेविसंघ ताप्लेजुङका सभापति डम्बर हाङ्गामले बताए ।

राष्ट्रवादको नारा लगाउँदै सत्तामा पुगेको सरकारले जनताको हित विपरित काम गरेकाले आन्दोलित हुनु परेको भनाई छ । पेट्रोलियम पदाथर्का साथै उपभोग्य वस्तुमा बढेको मुल्य वृद्धि तत्काल फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने नेविसंघले जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]