Dabali News

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

३१ जेठ

काठमाडौं । यो वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने तयारी तीब्र पारिएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक हप्ताभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ । अहिले प्राप्ताङक प्रशोधन सम्बन्धी काम भइरहेको बताइएको छ ।

चैत ८ गतेदेखि २० गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ झण्डै चार लाख ६१ हजार र एक्जाम्टेडतर्फ झण्डै २४ हजार परीक्षार्थीले परीक्षा दिएका छन् ।

तीमध्ये झण्डै आठ हजार परीक्षार्थी प्राविधिकतर्फ सहभागी भएका छन् । गएको वर्ष असार ३ गते एसईईको नतिजा सार्वजनिक भएको थियो ।

  • फाइल फोटो
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]