Dabali News

मेयर ओलीको गाडीभित्र शक्तिशाली बम प्रहार, बिस्फोट नभएपछि बाचे

३१ जेठ

झापा । दमक नगरपालिकाका मेयर सोमनाथ ओलीको गुडिरहेको गाडीभित्र बम प्रहार भएको छ ।

झापाको झापा दमकस्थित मुख्य बजारमा घरको करिब ३ सय मिटरमा पुग्दैगर्दा बम प्रहार भएको बताइएको छ । बा.२ झ ३९४९ नम्बरको स्कर्पियो गाडीलाई रोकेर अज्ञात समूहले गाडीभित्र बम फालेको थियो । बम बिस्फोट नभएका कारण ओलीसँगै चालकको पनि ज्यान जोगियो । रिमोट केन्ट्रोल सिस्टम जडान भएको उक्त बम मेयर ओलीको गाडीमै घरसम्म पुगेको थियो ।

ओलीको घरमा रातभर प्रहरीले सुरक्षा दिएको थियो । स्थानीयका अनुसार रातभर ओलीको घरमा ठूलो हल्लाखल्ला मच्चिएको थियो ।
सुरक्षामा खटिएका एक प्रहरी अधिकृतका अनुसार अहिले बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । नेपाली सेनाको टोली ओलीको घर पुगेको थियो ।

मेयर ओलीमाथि सुकुम्बासीको उठिबास लगाएको आरोप लाग्दै आएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]