Dabali News

आजबाट विश्वकप सुरु, पहिलो खेल रुस साउदीबीच

३१ जेठ

काठमाडौं । आजबाट विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । फुटबलको कुम्भ मेलाको रुपमा लिने विश्वकपको यो २१ औं संस्करण हो ।
रुसको मस्कोस्थित लुजिन्स्की रंगशालामा नेपाली समयअनुसार आज बेलुकी सवा ८ बजेबाट खेलको उद्घाटन हुने भएको छ ।

भव्य समारोहलाई रुसी राष्ट्रपचि भ्लादिमिर पुटिन, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जियानी ईन्फान्टीनोलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । उद्घाटन समारोह आधा घण्टासम्म चल्नेछ ।

उद्घाटन समारोहमा बेलायती गायक रोबी विलियम्स, रुसी गायीका सोप्रानोलगायतले प्रस्तुती दिँदा ५ सयभन्दा बढी डान्सर र जिमन्यास्टहरूले आफ्नो कला देखाउने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

रुसमा विश्वकप सुरु हुनै लाग्दा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । विश्वभर हुल्याहा समर्थकको छबी बनाएका रुसी समर्थकहरुलाई नियन्त्रण गर्नु रुसी आयोजकको मुख्य चुनौती हुनेछ ।

उद्घाटन समारोहमा ३२ वटै टिमका खेलाडी उपस्थित हुने बताइएको छ । रंगशालामा ८० हजार दर्शक र विश्वभरबाट करोडौं दर्शकहरुले प्रत्यक्ष प्रसारण हेर्न आयोजको दाबी छ ।

रुस र साउदी अरेबीयले उद्घाटन खेल खेल्ने भएका छन् । यो खेल नेपाली समय अनुसार आज वेलुकी पौने ९ वजे मस्कोस्थित लजिन्स्की रंगशालामा हुनेछ ।

२१ संस्करणका २२ आयोजक टिम मध्ये १५ टिमले पहिलो खेलमा जित हात पारेका छन् भने ६ टिम बराबरीमा रोकिएका छन् ।
विश्वकप जुलाई १५ तारिखमा विश्वपको फाइनल खेल हुनेछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]