Dabali News

विप्लव, वैद्य र कट्टेलको अाज सरकारविरुद्ध प्रदर्शन

३१ जेठ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादी र ऋषि कट्टेले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संयुक्त रुपमा विरोध प्रदर्शन गर्न लागेका छन् ।

अाज (विहीबार) दिउँसो १२ बजेबाट शान्तिवाटिकामा विरोध प्रदर्शन हुने नेकपाका पोलिट्ब्यूरो सदस्य जीवन्तले जानकारी दिए । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको तीन महिना नपुग्दै जनता महंगी र मूल्य वृद्धिको मारमा परेको भन्दै विरोध प्रदर्शन गर्न लागेको नेताहरुले बताएका छन् ।

त्यसैगरी भारती प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला अरुण–३ जलविद्युत आयोजना भारतलाई सुम्पेर राष्ट्रहितविरुद्ध काम गरेको, नागरिकलाई विना पूर्जी गिरफ्तार, धरपकड गरेको भन्दै विरोध प्रदर्शन गर्न लागेको कट्टेलले बताए ।

राष्ट्रियता, जनजीविकालगायतका एजेण्डामा संयुक्त मोर्चा बनाएर संघर्ष गर्दै आएका तीनओटै पार्टीका शिर्ष नेताहरु प्रदर्शनको नेतृत्व गर्ने बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]