Dabali News

सुशील बने माओवादी केन्द्रको महासचिव

३० जेठ

काठमाडौँ । एकताको नाममा पुष्पकमल दाहालले एमालेसँग आत्मसमर्पण गरेको भन्दै विरोध गर्दै आएका नेताहरुले माओवादी केन्द्र पुर्नगठनलाई औपचारिकता दिएका छन् ।

मंगलबार महाधिवेशन आयोेजक समितिको बैठकले केन्द्रीय समिति र पदाधिकारीको टुंगो लगाएको छ । काठमाडौँको प्रज्ञा भवनमा बसेको केन्द्रीय आयोजक समितिको भेलाले अध्यक्षमा गोपाल किराँती र महासचिवमा कर्णजीत बुढा ‘सुशील’ चयन गरेको छ ।

हुम्ला घर भएका सुशील सहिद परिवार पनि हुन् । उनी पहिलो संविधान सभामा हुम्लाबाट भारी मतका साथ निर्वाचित भएका थिए । पूर्व माओवादी केन्द्रभित्र इमान्दार नेताको पहिचान बनाएका सुशीलको पश्‍चिम नेपालको माओवादी संगठनमा राम्रो पहुँच भएको मानिन्छ ।

बैठकले उपाध्यक्षमा भविश्वर पराजुली, तिलक थापा मगर र सचिवमा राजन तिमिल्सिनालाई चयन गरेको छ ।

त्यसैगरी १७५ सदस्यीय पोलिट्ब्यूरो र ४३ सदस्यीय केन्द्रीय सचिवालय पनि चयन गरिएको छ । पदाधिकारीको कार्यविभाजन पनि गरेको छ । जसमा प्रदेश नम्बर १ को तिलक थापा, २ को राजन तिमिल्सिना, ४ र ५ को भविश्वर पराजुली, ६ र ७ को शुसिल इन्चार्ज तोकिएको छ । त्यस्तै ३ नम्बर प्रदेशको केन्द्रीय कार्यालयले लिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]