Dabali News

माओवादी केन्द्रको ७०१ सदस्यीय केन्द्रीय समिति, किराँती अध्यक्ष र महासचिव कर्णजीत

३० जेठ

काठमाडौँ । पुर्नगठित नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समिति र पदाधिकारी टुंगो लगाएको छ । मंगलबार काठमाडौँको प्रज्ञा भवनमा बसेको केन्द्रीय आयोजक समितिको भेलाले अध्यक्षमा गोपाल किराँती र महासचिवमा कर्णजीत बुढा ‘शुसील’ चयन गरेको छ ।
पाध्यक्षमा भविश्वर पराजुली, तिलक थापा मगर र सचिवमा राजन तिमिल्सिनालाई चयन गरेको छ ।

महासचिव शुसिलका अनुसार १७५ सदस्यीय पोलिट्ब्यूरो र ४३ सदस्यीय केन्द्रीय सचिवालय पनि चयन गरिएको छ । पदाधिकारीको कार्यविभाजन पनि गरेको छ । जसमा प्रदेश नम्बर १ को तिलक थापा, २ को राजन तिमिल्सिना, ४ र ५ को भविश्वर पराजुली, ६ र ७ को सुशील इन्चार्ज तोकिएको छ । त्यस्तै ३ नम्बर प्रदेशको केन्द्रीय कार्यालयले लिएको छ ।

मालेमावादको रक्षा, क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको वृहत अभियान पार्टीको तत्कालिक कार्यक्रम बनाइएको महासचिव सुशीलले अनलाइन डबलीलाई बताए । भेलाले भूकम्प पीडितलाई एकमुष्ट पाँच लाख दिन सरकारसँग माग पनि गरेको छ । पार्टीको महाधिवेशनले आगामी कार्ययोजना ल्याउने बताइएको छ ।

सहिद परिवार र पूर्व जनमुक्ति सेनालाई ‘गणतान्त्रि भत्ता’ स्वरुप प्रतिमहिना १० हजारका हिसावले जीवन निर्वाह भत्ता उपलब्ध गराउने, पार्टीको मुख्य नेतृत्व सत्तामा नजाने निर्णय समेत भेलाले गरेको शुसिलले जानकारी दिए ।

बुधबार काठमाडौँका आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष किराँतीले जनयुद्धको धावनमार्ग प्रचण्डले भत्काएको बताउँदै पुनःनिर्माण गर्ने बताए । उनले रुपान्तरणसहितको माओवादी केन्द्रको निर्माणमा लागि परिरहेको दाबी गरे ।

आगामी कार्तिकमा राष्ट्रिय भेला बोलाउने र फागुन १ गते जनयुद्ध दिवसको दिन पार्टीको महाधिवेशन गर्ने अध्यक्ष किराँतले जानकारी पनि दिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]