Dabali News

बाजेको सेकुवामा छापा, यस्तो छ कारण

३० जेठ

काठमाडौँ । बाजेको सेकुवामा सुन तस्करी छानविन गर्न बनेको अनुसन्धान समितिले छापा मारेको छ । सेकुवाका संचालक चेतनाथ भण्डारी ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको संलग्न भएको आरोप लागेको छ । उनी फरार छन् । समितिले अधिकारीलाई प्रतिवादी बनाएर मुद्दा अगाडि बढाएको छ । उनी मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’का नातेदा पनि हुन् ।

संगठित अपराध निवारण ऐन २०७० अनुसार मोरङ जिल्ला अदालतको आदेशमा बाजेको सेकुवा कर्नरमा छापा मारेको समितिले बताएको छ । भण्डारी पनि सुन तस्करीमा लागनी गरेको गोरेले बयन दिएका थिए ।

यसअघि समितिल सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका एमके अग्रवालको घर र आरके ज्वेलर्समा छापा मारेको थियो । ज्वलर्सका सञ्चालक राजेश शाक्य सुन तस्करी काण्ड बाहिरिएसँग फरार छन् ।

बाजेको सेकुवाका काठमाडौंलगायत नेपालका विभिन्‍न शहर र न्यूयोर्कसम्म शाखा रहेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]