Dabali News

आगामी मंगलबार प्रधानमन्त्री चीनको औपचारिक भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राज्य परिषदका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री ओलीका साथ धर्मपत्नी राधिका शाक्य भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले चीनका वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्ने छन् । उनले नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्ने छन् ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सी चिनफिङले अघि सारेको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारी पत्रमासमेत हस्ताक्षर हुने बताए । उनले राजनीतिक विषयका साथै नेपाल-चीन सम्बन्धका सबै पक्षमा सघन छलफल हुने पनि बताए ।

केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुने छ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको भ्रमण गर्ने छन् । उनले त्यहाँ तिब्बतका प्रान्तीय नेताहरुसँग भेटवार्ता गर्ने र टोली असार १० गते आइतबार स्वदेश फर्कने छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]