Dabali News

नयाँशक्ति नेपालको तेस्रो स्थापना दिवसका अवसरमा पदयात्रा

३० जेष्ठ

काठमाडौं । नयाँशक्ति पार्टी नेपालको तेस्रो स्थापना दिवसका अवसरमा आज पदयात्रा गरिएको छ ।

नयाँ बानेश्वरबाट शुरु भएको पदयात्रा बिजुलीबजार हुँदै बबहरमहलमा आएर सकिएको थियो । पदयात्राको शुभारम्भ पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गरेका थिए ।

पदयात्रामा मुलुकलाई समृद्ध बनाउनका लागि भ्रष्टाचारमुक्त समाज निर्माण, सामाजिक तथा आर्थिक रुपान्तरणका लागि विभिन्न सन्देश प्रचार गरिएको थियो । जाति, समुदायका सांस्कृतिक वेशभूषा र बाजागाजासहित सहभागीले रमाइलो गरेका थिए ।

पदयात्रामा केन्द्रीय नेतृत्वदेखि साधारण कार्यकर्तासम्म सहभागी थिए । विसं २०७२ जेष्ठ ३० गते पूर्वप्रधानमन्त्री भट्टराईको संयोजकत्वमा पार्टी स्थापना भएको थियो । स्थापना दिवसकै सन्दर्भमा सांस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान, अन्तरक्रिया तथा युवा भेला हुने छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]