Dabali News

अनुगमनका क्रममा खान अयोग्य ३७ किलो मासु नष्ट

३० जेष्ठ

हुम्ला । नेपालगञ्जबाट हुम्लाको सिमकोटमा हवाई जहाज मार्फत लागिएको खान अयोग्य वोईलर कुखुराको ३७ किलो मासु जलाएर नष्ट गरिएको छ ।

सिमकोट गाउँपालिका र स्थानीय प्रशासनको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा सिमकोटमा रहेको शान्ति फ्रेस हाउसबाट ३७ किलो मासु नष्ट गरिएको हो ।

अन्य पसलहरुमा मासु सामान्य रहेको सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले बताए । शान्ति फ्रेस हाउसमा अनुगमन गर्दा भने खान अयोग्य मासु रहेको र पहिलो पटक भएकाले चेतावनी मात्र दिएको बताए ।

गाउँपालिका र सहायक प्रमुख अधिकारी महेशकुमार पोखरेलको नेतृत्वमा सदरमुकाम सिमकोटमा सञ्चालन गरिएका फ्रेस हाउसको अनुगमगन गरिएको थियो । ३ वटा फ्रेस हाउसमा अनुगमन गर्दा ३ वटा पसल दर्ता नै नगरी मासु बिक्री वितरण गरिएको र अबको ३ दिनभित्रै गाउँपालिकामा दर्ता नगरेपछि पसल शिलबन्दी गरिने गाउँपालिका उपाध्यक्ष बलि रावतले बताए ।

गाउँपालिकाले सुरुमा सुचना गर्ने हो त्यसै गरी फ्रेस हाउस शिलबन्दी गर्ने उपाध्यक्ष रावतले बताए । जिल्ला घरेलु समन्वय समिति हुम्ला जिल्ला प्रशासन हुम्ला, सिमकोट गाउँपालिकाले संयुक्त रुपमा अनुगमन गरेको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]