Dabali News

हाइड्रोपावरसँग स्थानीय जनताले सुविधा पाउनुपर्ने भन्दै २० बुँदे माग

३० जेष्ठ

काठमाडौं । सोलुखुम्बु र रामेछापका स्थानीय बासिन्दाले निर्माणाधीन हाइड्रोपावर परियोजना सञ्चालनमा आएपछि स्थानीय जनताले सुविधा पाउनुपर्ने भन्दै २० बुँदे माग अघि सारेका छन् ।

व्यापारी मोती दुगडको नेतृत्व रहेको एमभी दुगड ग्रुपले निर्माण गर्न थालेको हाइड्रोपावर सञ्चालन गर्न स्थानीय जनताको स्वीकृति लिनुपर्ने र जग्गाको मुआब्जा दिनुपर्ने लगायतका माग राखेका छन् ।

स्थानीय बासिन्दाले विद्युतगृहको निर्माणबाट प्रभावित बासिन्दालाई रोजगारी, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधारसहितको ५० शैयाको अस्पताल निर्माण गर्नुपर्ने माग गरेका छ ।

नेपाली काँग्रेस सोलुखुम्बुका पूर्वसभापति आङकाजी शेर्पाले नेपाली काँग्रेसले स्थानीय जनताको मागको पूर्ण समर्थन गर्दै स्थानीय पीडितको माग पूरा गरेर तथा जग्गाको मुआब्जा दिएर मात्र विद्युतगृह सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

विद्युतगृह निर्माण गर्नुअघि वातावरण मूल्याँकन गर्नुपर्ने तथा जग्गा अधिग्रहण सरकारी नियमको परिधिमा गर्नुपर्ने बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]