Dabali News

सुन तस्करी र सनम शाक्य हत्या काण्ड : बाजेको सेकुवामा छापा

३० जेष्ठ

काठमाडौं । ३३ किलो सुन तस्करी र भरिया सनम शाक्य हत्याको घटनाको छानबिनको क्रममा गृहमन्त्रालयको छानबिन टोलीले अनामनगरस्थित बाजेको सेकुवामा छापा मारेको छ ।

टोलीले रेस्टुरेन्ट सञ्चालक चेतन भण्डारीको पनि सुन तस्करीमा संलग्न रहेको आशंकामा छापा मारेको हो । सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले रेस्टुरेन्टका सञ्चालक भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का गरिसकेको छ । सुन तस्करी काण्डमा उनी फरार प्रतिवादी हुन् ।

भण्डारी तस्करी गिरोहका नाइके चुडामणि उप्रेती ‘गोरे’ का आफन्त हुन् । भण्डारी उप्रेतीका भान्जा नाता पर्छन् । समितिका एक सदस्यल भने, ’बाजेको सोकुवाको सबै चेन रेष्टुरेन्ट शिलबन्दी गरिने छ ।’ ती सदस्यले अदालतको आदेश अनुसार यो काम हुन लागेको बताए ।

बाजेको सेकुवाको नामबाट काठमाडौं उपत्यकाभित्र सञ्चालीत ५ वटा रेष्टुरेन्टमा संगठीत सुन तस्करीमाथि अनुसन्धान गरिरहेको विशेष समितिले शिलबन्दी गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]