Dabali News

प्रदेश नं.७ को नीति तथा कार्यक्रम पारित, असारमा मात्र आएर खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता

३० जेष्ठ

काठमाडौं । सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

प्रदेश नं. ७ का प्रदेश प्रमुख मोहनराज मल्लले यही जेष्ठ २६ गते प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि जेष्ठ २७, २८ र २९ गते छलफल भएको थियो ।

नीति तथा कार्यक्रमसहित सम्बोधनका लागि प्रदेशसभाको बैठक प्रदेश प्रमुखलाई ‘धन्यवाद ज्ञापन गर्दछ’ भन्ने धन्यवादको प्रस्ताव मंगलवारको बैठकमा निर्णयार्थ पेश हुँदा सर्वसम्मतले पारित भएको हो ।

यसअघि नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले हामी नयाँ अभ्यासमा रहेकाले सिक्दै सिकाउँदै अघि बढ्नुपर्ने अवस्था रहेको परिप्रेक्ष्यमा प्रदेशको विकास र समृद्धिलाई सबैको साझा प्रयासबाट अघि बढाउने सोच सरकारको रहेको बताएका छन् ।

नीति तथा कार्यक्रम स्पष्ट रहेको र कुनै गोलमटोल नगरिएको उल्लेख गर्दै मुख्यमन्त्रीले समयमै बजेट खर्च हुन नसकी असारमा मात्र आएर खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्न यससम्बन्धी विधि र कानून निर्माण गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

छलफलका क्रममा प्रतिपक्षी सदस्यले उठाएको चालु आवको बजेट रकम खर्चसम्बन्धी प्रश्नको जवाफमा उनले प्रचलित ऐन कानूनको परिधिभित्र रहेर बजेट खर्च भइरहेको र यसको विवरण समयमै आउने बताए ।

नीति तथा कार्यक्रममाथिको बाँकी छलफलमा प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, चुनकुमारी चौधरी, अर्चना गहतराज र तारा लामा तामाङले भाग लिएका थिए । बैठकको प्रारम्भमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले गाउँसभा र नगरसभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ टेबुल गरेका थिए ।

असार १ गते अपराह्न ३ बजे बस्ने अर्को बैठकमा सरकारले आव २०७५-७६ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेका बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]