Dabali News

बहुविवाहका मुद्दा बढे, पिडितहरु चालख हुँदै

३० जेष्ठ

काठमाडौं । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रमा बहुविवाहका मुद्दा बढेको छ ।

केही वर्षयता यस्ता घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याउन थालेको छ । सामाजिक र कानुनी अपराधका रूपमा रहेको बहुविवाहका घटना यसअघि जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रमा मिलापत्र गराइन्थ्यो ।

तर यस्ता घटनाका पीडित धेरै हुन थालेपछि अनुसन्धान गरी अदालत पुर्याउन थालेको छ । जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटको तथ्याङकमा चालु वर्षको जेष्ठसम्ममा १२ वटा मुद्दा दर्ता भएका छन् ।

३ वर्षअघिको तथ्याङकअनुसार प्रहरीमा बर्सेनि मुस्किलले २ देखि ३ वटा घटना दर्ता हुने गरेका थिए । तर अहिले बहुविवाहका मुद्दा बढेका छन् । अदालतमा यो घटना ठहर भएमा १ वर्षदेखि ३ वर्षसम्म कैद र ५ देखि २५ हजारसम्म जरिवाना वा दुवै हुने कानुनी व्यवस्था छ ।

बहुविवाहकै कारण कतिपय घरमा घरेलुहिंसा भई उग्र घटना हुने गरेकाले अब मुद्दा नै चलाउन थालिएको छ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष परमहंश केशरीले सामाजिक कुरीतिका रूपमा रहेको बहुविवाहका घटनालाई कानुनी दायरामा ल्याउनु सकारात्मक भएको बताएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]