Dabali News

वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

३० जेष्ठ

काठमाडौं । वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन भएको छ ।

बुधबार बिहान दुई बजेतिर ९२ वर्षिय थापाको निधन भएको हो । उनी लामो समयदेखि छाती र फोक्सो रोगको संक्रमणबाट ग्रसित थिए ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान १० बजेदेखि १२ बजेसम्म पशुपति आर्यघाटमा राखिने कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले बताए ।

उनले थापाको निधनले नेपाली कलाकारीता क्षेत्रले ठुलो क्षती व्यहोर्नु परेको बताए । ‘सबै भूमिकामा उत्तिकै पोख्त कलाकार हुनुहुन्थ्यो उहाँ’, उनले भने, ‘तितो सत्यमा मैले उहाँसँग काम गर्ने मौका पाएको थिए, उहाँ साह्रै उर्जाशिल र प्रेरणादायी हुनुहुन्थ्यो ।’

झण्डै सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका थापाको जन्म वि.सं. १९८३ असार १३ गते खोटाङमा भएको हो । ब्रिटिश आर्मीमा भर्ना भएका थापाले दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]