Dabali News

स्कुटरलाई ठक्कर दिने टिपरमा आगजनी, स्कुटर चालक गम्भिर घाइते

३० जेष्ठ

काठमाडौं । टिपरले पछाडिबाट एक स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित भिडले टिपरमा आगो लगाएका छन् ।

जडिबुटी चोकबाट कोटेश्वर तर्फ नै गइरहेको बा ७० प ९३९९ नं.को स्कुटरलाई ना ४ ख ३५५८ नं.को टिपरले पछाडिबाट ठक्कर दिँदा गम्भिर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर तिनकुने वृत्तमा राखेको छ । टिपरमा लगाइएको आगो काठमाडौंबाट गएको २ वटा दमकलले नियन्त्रणमा लिएको थियो ।

केही सयमयता निमार्ण सामाग्री बोकेर अनियन्त्रित रुपमा हुँकिने टिपर तथा मिनिट्रकका कारण काठमाडौंमा सडक दुर्घटनाको संख्या बढेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]