Dabali News

पहिलो पटक छाउपडी गोठमा ज्यान गुमाएकी महिलाको खाल्डोबाट शव निकालेर पोष्टमार्टम

३० जेष्ठ

अछाम । महिनावारी बार्न छाउपडी गोठमा सुतेको बेला सर्पले डसेर ज्यान गुमाएकी पार्वती बुढाको शव प्रहरीले उत्खनन् गर्दै छ ।

पोष्टमार्टम नै नगरेर शव गाडिएकाले पोष्टमार्टम गर्नका लागि शव उत्खनन् गर्न लागिएको प्रहरीले जनाएको छ । तुर्माखाँद गाउँपालिका ४ को छाउगोठमा सुतेको अवस्थामा सर्पले टोक्दा मृत्यु भएकी १८ वर्षिय पार्वती बुढाको पोष्टमार्टम गर्ने भनिएको छ ।

प्राकृतिक मृत्यु बाहेकका घटनामा अनिवार्य पोष्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था भएकाले शव उत्खनन् गर्न लागिएको हो । शव उत्खनन्का लागि प्रहरीको टोली शवस्थल पुगिसकेको छ ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइने प्रहरीले जनाएको छ । सदरमुकाम मंगलसेनबाट ८२ किलोमिटर टाढा रहेको जुया गाउँकी उनीे शनिबार राति छाउपडी गोठमा सर्पले डसेर ज्यान गुमाएकी थिईन् ।

आफन्तले पोष्टमार्टम नै नगरी शव गाडेका थिए । प्रहरीले खबर पाउँदा शव पोष्टमार्टम गर्नुपर्ने भएकाले गाउँलेले छाउ गोठमा नभई घरमै सर्पले डसेर मृत्यु भएको भनेर सल्लाह गरेर घटना ढाकछोप गरेको बताइएको छ ।

अछाममा छाउपडी गोठमा हालसम्म थुप्रै किशोरी तथा महिलाले ज्यान गुमाए पनि अधिकांशको शव पोष्टमार्टम नै नगरेरै दाहासंस्कार गर्ने गरिन्थ्यो । उनको शव उत्खनन् गरेर पोष्टमार्टम गरेपछि छाउपडी कुप्रथा बार्ने र बार्न लगाउने चलनमा कमी आउने अभियान्ताहरुको वश्वास छ ।

अछाममा छाउपडी गोठमा ज्यान गुमाएकी महिलाको खाल्डोबाट शव निकालेर पोष्टमार्टम गरेको यो नै पहिलो घटना हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]