Dabali News

जलेश्वरमा सर्पको बिगबिगी

३० जेष्ठ

काठमाडौं । गर्मी बढेसँगै महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्प टोकाईको बिरामी बढेका छन् ।

महोत्तरी जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा.राजीव झाका अनुसार अस्पतालमा दैनिक ५ देखि ७ जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आउने गर्छन् ।

केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा समेत सर्वसाधारणलाई टोक्ने गरेका छन् ।

अस्पतालमा आउनेमध्ये बढी बिरामीलाई विषरहित सर्पले टोकेको तथा केही मात्रै विषालु सर्पले टोकेको बिरामी आउने गरेका छन् । १० नगरपालिका र ५ गाउँपालिकाका विभिन्न गाउँठाउँमा सर्पको बिगबिगीे छ ।

जिल्लामा ढोरिया, हरहरालगायतका विषरहित तथा करेत र गोमनजस्ता विषालु सर्प देखा परेका बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]