Dabali News

लोपेतुईगी रियाल मड्रिडको नयाँ प्रशिक्षकमा नियुक्त

३० जेष्ठ

काठमाडौं । स्पेनिस फुटबल क्लव रियाल मड्रिडले युलेन लोपेतुईगीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।

जिनेदिन जिदानले गत महिना प्रशिक्षकबाट राजीनामा दिएपछि रियाल मड्रिड नयाँ प्रशिक्षकको खोजीमा थियो । हिजो क्लवले स्पेनिस राष्ट्रिय फुटबल टिमका वर्तमान प्रशिक्षक लोपेतुईगीलाई नयाँ प्रशिक्षक चयन गरेको हो ।

लोपेतुईगीलाई आगामी ३ वर्षका लागि प्रशिक्षकमा नियुक्त गरिएको क्लवले जनाएको छ । उनले रुसमा भोलि सुरु हुने विश्वकप पश्चात रियालको जिम्मेवारी समाल्ने छन् ।

पूर्व गोलकिपर लोपेतुईगीले आफ्नो व्यवासायीक फुटबल करियरमा रियाल मड्रिडबाट पनि खेल्ने मौका पाएका थिए । सन् २०१६ मा स्पेनिस राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी समाल्नुअघि उनी पोर्चुगिज फुटबल क्लव एफ.सी पोर्टोमा प्रशिक्षक थिए ।

गत महिना रियाल मड्रिडलाई युरोपिएन च्याम्पियन्स लिग जिताएपछि क्लवको प्रशिक्षकबाट राजीनामा दिएर सबैलाई चकित पारेका थिए । उनले रियाल मड्रिडलाई पछिल्लो ३ वर्ष लगातार युरोपियन च्याम्पियन बनाएका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]