Dabali News

कतारमा अलपत्र परेको नेपाली युवालाई नेकपाले बाड्‍यो रासनपानी

३० जेठ

दोहा । वैदेशिक रोजगारीको क्रममा खाडी मुलक कतार पुगेर अलपत्र परेको नेपाली युवा युवतीको उद्दारमा नेपाल कम्युनिस्ट पार्टी लागेको छ ।

विप्लव नेतृत्वको नेकपाले मेनपावर कम्पनी र दलालहरुका कारण कतार पुगेर अलपत्र परेका युवाहरुको उद्दार गरेको छ । पार्टीको अन्तर्राष्ट्रिय विभाग मातहतको प्रवासी संगठन नेपाली जनप्रगतिशील मोर्चा कतारले उद्दार तथा राहत वितरण गरेको छ ।

काठमाडौंस्थित महाराजगन्ज माउन्टेन इम्प्लाइमेन्ट एण्ड ट्रेडिङ म्यानपावरबाट तीन महिना अगाडि बैदेशिक रोजगारीको लागि कतारको च्याम फ्यासिलोटी म्यानेजमेन्ट सर्भिस कम्पनीमा काम गर्न आएका नेपाली कामदारहरुलाई काममा नलगाएर अलपत्र पारिएको थियो । उनीहरुले प्रतिव्यक्ति १ लाख ५० हजारसम्म तिरेर कतार पुगेका हुन् ।

उक्त कम्पनीबाट मोर्चाले करिब दुई दर्जन कामदारको उद्दार गरेको थियो । धेरैलाई नेपाल पठाइसकेपनि कानुनी प्रक्रियाकै कारण केही मजदूर कतारमै छन् । उनीहरु मोर्चाकै संरक्षण छन् । उनीहरुको बस्ने र खाने व्यवस्था पनि मोर्चाले नै गरेको छ । मोर्चाका कोषाध्यक्ष गणेश बिकका अनुसार मोर्चाले उनीहरुलाई दोस्रो पटक खाद्यन्न उपलब्ध समेत गराएको छ । खाद्यन्न वितरणमा मोर्चा केन्द्रीय सदस्य रामहरी अर्याल र सहानिया एकाई कमिटिका पदाधिकारी कमल घिमिरे देबराज नेपालीको पनि उपस्थिति थियो ।

नेपाली युवा–युवतीलाई कतारमा अलपत्र पार्ने मेनपावर कम्पनी र दलाललाई कारवाही गर्न नेकपालाई सिफारिस समेत गरेको छ ।

नेपालमा केही सीप नलागेर विदेश आएको तर यहाँपनि ठगिएको भन्दै आफ्नो अधिकारको लागि नेपाल गएर नेकपाको राजनीतिक अभियानमा लाग्ने पीडित युवाहरुले बताए । विदेशमा पनि बाच्ने विकल्प नभएको लोकबहादुर दर्जीले बताए । उनले मोर्चाले पहल गरेर अाफ्नो अन्धकार भविश्‍यबाट बताएको बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]