Dabali News

रुस र इरानले भने- ट्रम्पले किम जोङलाई धोका दिने निश्चित छ

३० जेठ

काठमाडौं । रुस र इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई धोका दिने निश्चितजस्तै भएको बताएका छन् । मंगलबार सिंगापुरमा सम्पन्न शिखर वार्ताबारे प्रतिक्रिया दिँदै सहयोगी र मिछेकी रुसले यस्तो प्रतिक्रिया दिएको छ ।

वार्तामा जस्तो सम्झौता भएपनि ट्रम्पले कुनै बेला पनि धोका दिन सक्ने रुसको ठहर छ । त्यस्तै इरानसँग गरेको सम्भौता त्यागेको भन्दै ट्रम्पले उत्तर कोरियासँग गरेको सम्झौता पनि तोड्न सक्ने बताएको छ । उसले उत्तर कोरियालाई चनाखो हुन सझाव समेत दिएको छ ।

उता चीनले भने सम्झौताले उत्तर कोरियालाई राहत पुग्ने बताएको छ । सम्झौताले चीनमाथिको नाकाबन्दी हट्ने चीनले विश्वास लिएको छ ।
वार्तासँग प्रत्यक्ष सरोकार राख्ने दक्षिण कोरियाले दुई देशबीच भएको सम्झौता र शिखर वार्ता शान्ति र एकआपसका सहयोगको लागि नयाँ अध्याय भएको प्रतिक्रिया दिएको छ ।

उसले अमेरिका र आफ्नो देशको संयुक्त सैन्य अभ्यास समाप्त पार्ने अमेरिकी निर्णयप्रति भने आपत्ति जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]