Dabali News

मोदी-ओलीले शिलन्यास गरेको एक महिना नपुग्दै अरुण-३ मा एकै पटक तीन बम विस्फोट, भागाभाग

३० जेठ

काठमाडौँ । विवादित जलविद्युत आयोजना गरुण–३ मा फेरि बम विस्फोट भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेको एक महिना पुग्नै लाग्दा एकै पटक तीनओटा बम विस्फोट भएका छन् ।

संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको अरुण तेस्रोको कार्यालय परिसरमा मंगलबार राति १ बजे बम विस्फोट भएको हो । संखुवासभाका प्रहरी प्रमुख डीएपी श्याम सारु मगरका अनुसार एकै पटक तीनओटा सकेट बम विस्फोट भएको तर मानीवय क्षति भएको छैन ।

विस्फोटपछि त्यस क्षेत्रको सुरक्षाा कडा पारिएको छ । स्थानीय होटलहरुमा छापा मारिएको प्रहरीले जनाएको छ ।

बिस्फोटको जिम्मा कसैले लिएको छैन । यसअघि बैशाख १८ मा पनि विस्फोट गराइएको थयो ।

नेपाल कम्युनिस्ट पार्टीले आयोजना भारतलाई दिएर सरकारले राष्ट्रघात गरेको बताउँदै विरोध गर्दै आएको छ । आयोजना स्थलमा पुगेका केही भारतीय र नेपाल कर्मचारीहरु बिस्फोटबाट आतंकित भएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]