Dabali News

विप्लव मास्ने अभियानमा लाग्‍न बादल बाध्य छन्ः रणवीर

३० जेठ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य भरत बम ‘रणवीर’ले गृहमन्त्री रामबहादुर थापाले गरेको कामप्रति टिप्पणी गरेका छन् । उनले थापाको कामलाई सुधारात्मक भएको भन्दै त्यसले समग्र जनताको जीवनमा ठूलो परिवर्तन नल्याउने बताएका छन् । नेता रणवीरले थापाले इन्जिन बिग्रेर समुन्द्रमा डब्न लागेको पानी जहाजमा परेका प्वाललाई बन्द गरेर जोगाउन प्रयास गरेको बताएका छन् ।

रणवीरले सामाजिक संजालमा लेखेका छन्, “यो इन्जिन बिग्रेर समुन्द्रमा डुब्न् लागेको पानी जहाजलाई त्यस्मा देखिएको प्वाल बन्द गरेर जोगाउने कोशिस हो, जो न वैज्ञानिक छ न त सम्भव नै ।”

राज्य नै दलाल चरित्रको भएको भन्दै रणवीरले देश र जनताले भोगिरहेको संकटको समाधान कुनै मन्त्रीको काम गर्न नसक्ने बताउँदै भने,“विद्यमान दलाल पुँजीवादी राज्यको कारण एकपछि अर्को देश र जनताले भोगिरहेको संकटको समाधान न अहिलेको राज्यसत्ताले न त कुनै मन्त्रीले नै गर्न सक्छ ।” उनी अगाडि भन्छन्, “हाम्रो देशमा आधा महिनामा आधा दर्जन पटक महंगी बढ्दैन्थ्यो । महङ्गीको चर्को मार खेप्न बाध्य जनताले सुन तस्करलाई कारबाही गरिरहेका बादलबाट के अपेक्षा गर्नसक्छन् । यसमा बादलको कतै विरोध छ ? मोदीको सुरक्षाको नाममा भारतीय सेनाको मार्चपास हुँदा बादलको गृहप्रशासन के गरिरहेको थियो ?”

जनयुद्धको सिज अभियानका सर्जक थापा सोही अभियानका सिर्जना विप्लवलाई मास्ने अभियानमा लाग्न बाध्य भएको रणवीरले भनेका छन् ।

“अहिले उहिलेको सिज अभियानका सर्जक बादल सिज अभियानका सिर्जना विप्लवलाई मास्ने अभियानमा लाग्न बाध्य छन् । किनकि, आजको राज्य बादल मास्न रामबहादुर, प्रचण्ड मास्न पुस्पकमल, जितबीर मास्न डा. बाबुरामलाई लगाइरहेको छ । सायद, आजभोलि मनमनै बादललाई बादल हैन रामबहादुरको पहिचान प्यारो लाग्न थालेको छ । यो पनि सुधारात्मक अभियानकै प्रतिफल होला कि ?” रणवीरले समाजिक संजालमा लेखेका छन् । उनले अन्त्यमा क्रान्तिको विकल्प सुधार हुन नसक्ने भएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]