Dabali News

स्थानीय सरकारले पशुचौपायका लागि सुत्केरी भत्ताको व्यवस्था गर्यो

२९ जेष्ठ

काठमाडौं । मान्छे मात्रै नभएर स्थानीय सरकारले पशुचौपाय (गाई) का लागि पनि सुत्केरी भत्ताको व्यवस्था गर्न थालेको छ ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले यस्तो अभ्यास सुरु गरेको हो । ७ वटा वडा रहेको सिदिङ्वाले ५ वटा वडामा गाईलाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ ।

भारतसँग सिमाना जोडिएको यो गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले यो योजना लागू गरिएको हो ।

योजना अन्तर्गत गाई प्रसूति हुने बित्तिकै किसानले १५ हजार र दिगो स्याहारका लागि घाँस लगाउन ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यो योजना साविकका सुरुमखिम, लिम्वूदिन, मेहेले, साब्लाखु र आङवोप गाविसमा लागू गरिएको छ ।

वडा नं.१ र २ को काली खोला र सादेवामा भने गोठ सुधार कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले बताए । किसानले यो सुविधा लिएपछि ७ लिटर दूध भने पुर्याउनु पर्छ । सुत्केरीमा राम्रो स्याहार गरे ७ लिटर दूध स्वभावैले पुग्ने भएकाले मापदण्ड निर्धारण गरिएको हो ।

उपाध्यक्ष जीवन ताम्लिङले दिएको अनुदान किसानले गाईमै खर्च गरुन भनेर दूधको मापदण्ड तोकिएको बताए । उत्पादित दूध धेरै भए गाउँपालिकाले डेरी खोल्ने र बाहिर निर्यात गर्ने योजनासम्म बनाएको छ ।

कार्यक्रमबाट चालू आर्थिक वर्षमा सय परिवारलाई समेट्न सकिने गाउँपालिकाको योजना छ । कालीखोला र सादेवामा गोठ सुधारमा ३ लाख ५० हजार रुपैयाँ दिइएको छ । प्रसूति व्यथा उस्तै भएपनि पशुचौपायाको स्याहारमा कम ध्यान गएकाले पनि यस्तो व्यवस्था गरिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]