Dabali News

नेपालमा माक्सवादबारे मदन भण्डारी एसियन स्कूल स्थापना हुने

२९ जेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अब माक्वाद पढाउन स्कूल सञ्चालन गर्ने भएको छ ।

नेपालमा माक्सवादबारे नियमित कक्षा चलाउन मदन भण्डारी एसियन स्कूल स्थापना हुने भएको हो ।

ब्राजिलमा माक्सवादबारे आयोजित कार्यक्रममा सहभागी भएर मंगलबार फर्किएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले स्कूल स्थापनाबारे अध्ययन गरिएको बताएका छन् ।

ब्राजिलको फ्लोरेस्टन फर्नान्डेज नेसनल स्कूलको अध्ययन भ्रमणमा गएका नेताद्वयले नेपालमा माक्र्सवादी स्कूल सञ्चालनको बारेमा छलफल गरेको बताए । उनीहरुले ब्राजिलमा स्कुलको प्रशिक्षण कार्यक्रममासमेत सहभागी भएर शिक्षण सिकाइको अनुभव पनि ग्रहण गरेको बताए ।

वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालले नेपाल कम्युनिस्ट पार्टीको एकीकरणले अन्तर्राष्ट्रिय समुदाय खुसी भएको बताए । उनले नेकपाको एकताले अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी विश्वका कम्युनिस्टलाई उत्साह जगाएको दावी गरे ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताका विषयमा पनि अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीहरुसँग छलफल गरिएको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीको सफलताका कारणबारे विश्वका सबै कम्युनिष्ट पार्टीहरुले गहिरो चासो व्यक्त गरेको बताए ।

दुवै नेताले ब्राजिल बसाईका क्रममा त्यहाँका सांसदहरुसँग सामूहिक भेट गरी द्विपक्षीय हितका विषयमा छलफल गरेको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]