Dabali News

यातायातको दावी, २ महिनाभित्र स्मार्ट लाइसेन्स समस्या हटने

२९ जेष्ठ

काठमाडौं । यातायात व्यवस्था विभागले २ महिनाभित्र प्रिन्ट हुन बाँकी सबै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वितरण सक्ने दावी गरेको छ ।

नयाँ ४ वटा प्रिन्टर मेसिन ल्याएको विभागले अब २ सिफ्टमा प्रिन्ट गरेर लाइसेन्स वितरणको समस्या हल गर्ने बताएको छ ।

विभागमा अहिलेसम्म ४ वटा मेसिनले मात्रै लाइसेन्स प्रिन्ट गरिररहेका थिए । अब ८ वटा मेसिनबाट लाइसेन्स प्रिन्ट गरेर २ महिनाभित्रै सबै प्रतीक्षारत सेवाग्राहीलाई हस्तान्तरण गरिसक्ने विभागका प्रवक्ता तुल्सीराम आर्यालले बताए ।

अहिले झण्डै ट्रायल पास गरेका र नवीकरणका लागि आवेदन दिएका ३ लाख सेवाग्राही लाइसेन्स कुरिरहेका छन् । सरकारले २०७२ मंसिर २० देखि स्मार्ट कार्डको रुपमा वितरण थालेको छ ।

कुनै समयमा कार्डकै अभाव त, कहिले प्रिन्टरको कमीका कारण लाइसेन्स नपाएर थुप्रै सेवाग्राही विभागले थमाएको रसिदका भरमा सवारी चलाइरहेका छन् । अब स्मार्ट कार्ड आपूर्ति र छपाईको समस्या हटेको दाबी छ ।

समयमै स्मार्ट लाइसेन्स उपलब्ध गराउन नसक्दा सेवाग्राही विभागसँग असन्तुष्ट थिए । प्रक्रिया पुरा गरेको १ वर्षसम्म पनि लाइसेन्स प्रिन्ट भएर विवरण नहुने अवस्था अबको २ महिनाभित्रै सल्टिने दावी विभागको छ ।

२ महिनाभित्र पुरानो छपाई गर्न बाँकी (ब्याक लग) को छपाई गरी सम्बन्धित कार्यालयबाट स्मार्ट कार्ड वितरण गर्ने व्यवस्था मिलाइने अर्यालले बताए । त्यसपछि ट्रायल परीक्षा उत्तीर्ण गरेर राजस्व जम्मा गरेपछि तत्कालै सम्बन्धित सेवाग्राहीले पाउने गरी कार्यालयमा स्मार्ट कार्ड उपलब्ध गराउने बताइएको छ ।

विभागले पछिल्लो पटक साढे ७ लाख थान स्मार्ट लनाइसेन्स कार्ड ल्याएको छ । अब १० लाख कार्डका लागि टेन्डर गर्ने तयारी पनि भइरहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]