Dabali News

आज प्रधान न्यायाधीशको नाम सिफारिसका लागि संवैधानिक परिषदको बैठक बस्ने

२९ जेष्ठ

काठमाडौं । आज प्रधान न्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे बैठक डाकेका छन् ।

संसदका दुवै सदनको नियमावली पारित भएसँगै संसदीय सुनुवाई विशेष समिति गठनको बाटो खुलेपछि परिषद बैठकबाट प्रधान न्यायाधीशको नाम सिफारिस गर्ने भएको हो ।

परिषदले नाम सिफारिस गरेपछि संसदीय सुनुवाई हुँदै राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने संवैधानिक व्यवस्था छ । प्रधान न्यायाधीशका लागि यसअघि नै न्यायपरिषद सचिवालयले बरिष्ठताका आधारमा क्रमशः दिपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबराको नाम पठाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पद पनि खाली रहेको छ । दिप बस्न्यातको अवकाशपछि नविन घिमिरेले कार्यवाहक अध्यक्षको रुपमा काम गरिरहेका छन् । संवैधानिक परिषदमा यसबारे पनि छलफल हुने सम्भावना छ ।

संवैधानक परिषद बैठकले प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने बाहेक अरु एजेण्डा थाहा नभएको कानुनमन्त्री शेरवहादुर तामाङले बताए । प्रधान न्यायाधीश सिफारिस गर्ने परिषद बैठमा कानुन मन्त्री पनि सदस्यका रुपमा सहभागी हुने संवैधानिक व्यवस्था छ ।

संवैधानिक परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख रहने संवैधानिक व्यवस्था छ ।

प्रधान्यायाधीश पद रिक्त रहेको अवस्थामा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषदमा कानुन तथा न्यायमन्त्री सदस्यको रुपमा रहने व्यवस्था छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]