Dabali News

ताप्लेजुङको फुङलिङ नगरपालिकामा ९ दिनदेखि विद्युतसेवा बन्द

२९ जेष्ठ

काठमाडौं । विद्युतसेवा बन्द भएपछि ताप्लेजुङको फुङलिङ नगरपालिकाका २ वटा वडा ९ दिनदेखि अन्धकार भएको छ ।

फुङलिङ नगरपालिका-१० फुरुम्बुमा रहेको याफ्रे लघु जलविद्युत आयोजनाको टर्वाइनमा आएको खराबीका कारण विद्युत सेवा बन्द भएको हो । वडा नं.१० र ११ (साविकको हाङ्देवा र फुरुम्बु गाविस) अन्धकार बनेको छ ।

गएको जेष्ठ २० देखि टर्वाइनमा आएको खराबीका कारण विद्युत सेवा बन्द भएको जनाइएको छ । लामो समयसम्म विद्युत सेवा बन्द हुँदा स्थानीय उपभोक्ता अन्धकारमा बस्न बाध्य छन् ।

आयोजनाको व्यवस्थापनमा हेलचेक्राइँ हुने गरेकाले लामो समयसम्म विद्युत अवरोध हुँदै आएको स्थानीयहरुको भनाई छ । हाल बिग्रिएको टर्वाइन मर्मतका लागि अझै केही दिन लाग्ने आयोजनाले जनाएको छ ।

आयोजनाले ल्याब टेष्ट नगरेका साथै कमसल प्रकारका मिटरबक्स जडान गरेकाले उपभोक्ता समस्यामा परेको बताइएको छ । सामान्य बत्ती बाल्दा पनि धेरै महशुल देखिने, मिटर बक्सबाट ठूलो आवाज आउने समस्या देखिएको स्थानीयहरुले बताए ।

आयोजना निर्माणका समयमा भएको इस्टमेटअनुसार सामान नल्याइएको र कमसल प्रकारका सामान जडान गरिएकाले समस्या भएको हो । अर्थिङ जडानका लागि उपभोक्तासँग आयोजनाले पैसा उठाएको तर हालसम्म अर्थिङ जडान नहुँदा आफूहरु त्रासमा परेको, ९५ किलोवाट क्षमताको उक्त आयोजनाबाट ९४५ घरपरिवारले विद्युत उपभोग गर्दै आएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]