Dabali News

एक दिवसीय खेलमा इङल्यान्डमाथि स्कटल्यान्डको जित

२९ जेष्ठ

काठमाडौं । क्यलुम म्याकलियोडको शतकप्रेरित स्कटल्यान्डले आइतबार एक दिवसीय खेलमा इङल्यान्डसँग ६ रनले जितेको छ ।

३७२ रनको लक्ष्य पछ्याएको इङल्यान्ड ४८.५ ओभरमा ३६५ रनमा अलआउट भयो । इङल्यान्डका ओपनर जेसन रोए र जोनी बेयरस्टोले १२९ रनको साझेदारी गर्दै सुरुआत दिलाएका थिए । २७ ओभरसम्म २२०-३ को बलियो स्थितीमा रहेको इङल्यान्डले त्यसपछि लगातार विकेट गुमाउँदा जित्न सकेन ।

इङल्यान्डका बेयरस्टोले १०५ रनको योगदान गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । ५९ बल खेलेका बेयरस्टोले १२ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै एलेक्स हल्सले ५२, लियाम प्लङकेटले अविजित ४२ र मोइन अलीले ४६ रनको योगदान गरे । ५६ बल खेलेका हल्सले ३ चौका र ३ छक्का प्रहार गर्दा ३३ बल सामना गरेका अलीले पनि समान ३ चौका र ३ छक्का प्रहार गरे । ४५ बल खेलेका प्लङकेटले ३ चौका र २ छक्का प्रहार गरेका थिए । स्कटल्यान्डका मार्क म्याटले १० ओभरमा ५६ रन खर्चदै ३ तथा एलार्डयार इभान्स र रिचार्ड बर्हिङटनले समान २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले म्याकलियोडको अविजित १४० रन मद्दतमा ५ विकेट गुमाउँदै ३७१ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । ९४ बल खेलेका म्याकलियोडले १६ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर म्याथ्यु क्रस र काइले कोइट्जरले पहिलो विकेटका लागि १०३ रनको साझेदारी गर्दै स्टकल्यान्डलाई गतिलो सुरुआत दिलाएका थिए । ४९ बल खेलेका कोइट्जरले ८ चौका र २ छक्काको मद्दतमा ५८ रन प्रहार गर्दा ३९ बल सामना गरेका क्रसले १० चौका प्रहार गरे । १५औं ओभरमा क्रस पवेलियन फर्केपछि ब्याटिङका लागि आएका कोइटजरले तेस्रो विकेटका लागि रिचार्डसँग ९३ तथा चौथो विकेटका लागि जर्ज मुन्सेसँग १०७ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलतर्फ डोहोर्याएका थिए ।

५१ बल खेलेका मुन्सेले ७ चौका र १ छक्काको मद्दतमा ५५ रनको योगदान गर्दा ५४ बल सामना गरेका रिचार्डले ३ चौका र १ छक्काको मद्दतमा ३९ रन जोडे र इङल्यान्डका प्लङकेट र एडिल रसिदले समान २ तथा मार्क उडले १ विकेट लिएका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]