Dabali News

चार युवतीसहित खाजाघरका मालिक पक्राउ

२९ जेठ

भक्तपुर । लागु औषधसहित खाजा घरका संचालक र युवतीहरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिषर भक्तपुरले मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटोमा संचालित गगनचुम्बी खाजाघरका शंकर राउतलाई प्रहरीलाई पक्राउ गरेको हो ।

खाजाघरमा यौन धन्दा गराउने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारेको थियो । प्रहरीले मोरङको गोविन्दपुर गाउँपालिका ४ घर भई अहिले मध्यपुरठिमी चारदोबाटोमा खाजाघर संचालन गर्दै आएका ५२ वर्षीय शंकर राउतलाई २ सय १० ग्राम लागुऔषध गाजासहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार खाजाघरबाट यौन धन्दामा संलग्न रहँदै आएको अभियोगमा चार युवतीलाई पनि प्रहरीले पक्राउ गरेको छ । आज मुद्दा दर्ता गरेर थप अनुन्धान अगाडि बढाउने प्रहरीले बताएको छ ।

  • फाइल फोटो
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]