Dabali News

ट्रम्प–किम जोङबीचको ‘वान टु वान’ वार्ता सम्पन्‍न, यस्तो भयो सहमति

२९ जेठ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्ता सम्पन्न भएको छ । बहुप्रतीक्षित वान टु वान वार्ता केही बेरमा सकिएको हो । करिब ५० मिनेटसम्म वार्ता चलेको थियो ।

वार्तापछि ट्रम्प र उन दुबै हँसिलो मुद्रामा बाहिर निस्केको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । अब कार्यसूचीसहितको दिवाभोजमा सहभागी हुँदैछन् ।

एक्लाएक्लै वार्तामा बस्नुअघि पत्रकारहरूसँग किमसँग एकदम राम्रो सम्बन्ध हुने अपेक्षा गरेको बताएका थिए । ट्रम्पले वार्ता सफल हुने विश्वास लिएका थिए ।

त्यसैगरी किम जोङले अनेकौँ अप्ठ्याराहरूका साथ वार्तामा पुगिएको बताएका थिए ।

वार्ताको सुरक्षा नेपाली गोर्खा सैनिकले गरेका थिए । करिब १५ गोर्खा सैनिक सिंगापुर सरकारले परिचालन गरेको थियो । पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा ट्रम्प र किमले एकअर्कासँग हात मिलाएका थिए ।

आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारे ।

त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे र एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालयतर्फ लागेका थिए ।

कोरियामा जारी द्वन्द्वको शान्तिपूर्ण रुपमा व्यवस्थापन गर्न नेता सहमत भएको बताइएको छ । वार्तामा के सहमति भयो भन्नेबारे औपचारिक रुपमा केही जानकारी गराइएको छैन ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]