Dabali News

यसरी सुरु भयो ट्रम्प–किम जोङको वार्ता

२९ जेठ

काठमाडौँ । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाका नेता किम जोङ उनबीचको ऐतिहासिक वार्ता सिंगापुरमा सुरु भएको छ । सेन्तोसा टापुस्थित पाँचतारे होटलमा केहीबेरअघि भेटवार्ता सुरु भएको हो ।

बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पहिलो पटक भेट भएको हो । उत्तर कोरियाली समाचार संस्था केसिएनएले शिखर बैठकमा उत्तर कोरियाले स्थायी र दिगो शान्ति स्थापनाका लागी आवश्यक संयन्त्रबारे छलफल गर्ने जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बैठकप्रति अत्यन्त सकारात्मक अनुभुति भईरहेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । त्यसैगरी नेता किमले विश्वले आफुलाई नियालिरहेको बताए ।

एक समय वाकयुद्धमा रहेका दुई नेता बीचको सम्बन्ध पछिल्लो समय केही सकारात्मक परिवर्तन आएको हो । दुई नेताको सुरक्षाका लागि १२ सय गोर्खा खटिएका छन् । नेताको सुरक्षाका लागि बस्ने होटल देखि वार्ता हुने स्थान तथा वार्ता हुने मूख्य स्थलको समेत सुरक्षा जिम्मा गोर्खालाई दिईएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]