Dabali News

ट्रम्प र किम जोङबीच वार्ता सुरु, वार्तास्थलमा २ हजार गोर्खा सैनिक तैनाथ

२९ जेठ

काठमाडौं । अमेरिकाका राष्ट्रपति र उत्तर कोरियाका नेता किम जोङ उनबीचको वार्ता केही बेरमा सुरु हुँदैछ । नेपाली समाचार अनुसार मंगलबार विहान ७ बजेबाट वार्ता सुरु हुने भएको हो ।

दुबै नेतासँग दुबै देशका उच्च अधिकारी सिंगापुर पुगेपनि वार्तामा भने जान नपाउने भएका छन् । तर, अनुवादक भने वार्तामा बस्नेछन् ।
विश्वभर चासोको साथ हेरिएको वार्ता सिंगापुरको टापुमा रहेको एक होटलमा हुने हुने भएको छ । ट्रम्प होटेल साङ्ग्रिलामा बसेका छन् भने र उन सेन्ट रेगिस होटेलमा बसेका छन् ।

सिङ्गापुरको सेन्तोसाद्वीपमा हुने वार्तामा आज सुरक्षा ब्यवस्था निकै कडा बनाइएको छ । हवाई उडान बन्द भएका छन् भने पर्यटकलाई त्यस क्षेत्रको प्रवेशमा रोक लगाइएको छ । विश्वमै सुरक्षा चुनौती रहेको मानिने अमेरिकी राष्ट्रपति र उत्तरकोरियाली नेताको सुरक्षामा आइतबारदेखि नै सेन्तोसामा सुरक्षाकर्मीहरु तैनाथ छन् ।

त्यस क्षेत्रमा उत्तरकोरियाली र अमेरिकी सैनिक पनि तैनाथ छन् । तर वार्तास्थलको मुख्य सुरक्षामा गोर्खाली फौज रहने भएको छ । त्यहाँ करिब दुई हजार गोर्खाली सेना परिचालन गरिएको बताइएको छ ।

यसअघि उत्तर कोरियाले कार्यसूची सार्वजनिक गरेको थियो । कोरियामा शान्ति र अाणविक निशस्त्रीकरणबारे वार्ता हुने बताएएको थियो ।

यो पहिलो घटना हो । अमेरिका र उत्तर कोरियाको शिर्ष नेताबीचको वार्ता ।

दुबै नेता तयार भएर वार्तास्थल पुगिसकेका छन् । त्यहाँ कसैलाई जान नदिएकोले वार्ता सकिएपछि मात्रै फोटो सार्वजनिक हुने अनुमान गरिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]