Dabali News

प्रहरीको गोलीबाट गुण्डा नाइके अशोक लामा घाइते

२८ जेष्ठ

काठमाडौं । शंखमुलमा प्रहरीले गोली चलाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई आक्रमण गर्न खोजेपछि काभ्रेली समूहका गुण्डानाइके अशोक लामामाथि प्रहरीले गोली चलाएको हो । घाइते लामालाई नियन्त्रणमा लिएको छ ।

महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार लामालाई दायाँ घुँडा मुनी एउटा गोली लागेको छ । प्रहरीको टोलीले नियन्त्रणमा लिएर उपचारका लागि वीर अस्पताल लगेको छ । अहिले उपचार भइरहेको जनाएको छ ।

प्रहरीले सार्वजनिक अपराधमा संलग्न लामालाई पछ्याउँदै जाँदा उनले प्रतिकार गर्न खोजेपछि प्रहरी टोलीले गोली चलाएको हो । लामाको साथबाट एक पेस्तोल र २ थान गोली पनि बरामद भएको छ ।

लामाले सातदोबाटोदेखि भैंसिपाटीसम्म विभिन्न व्यापारी तथा घरजग्गा प्लटिङ व्यवसायीसँग धम्काएर पैसा असुल गर्ने देखि अवैधरुपमा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोप छ । उनीसँगै रहेका २ जना भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अाईजी सर्वेन्द्र खनालले सुध्रिन नमान्ने गुण्डाहरुलाई बाँकी नराख्ने भनेर अभिव्यक्ति दिएको केही दिनमै यो घटना भएको हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]