Dabali News

फ्रेन्च ओपनको उपाधि नाडाललाई

२८ जेष्ठ

काठमाडौं । स्पेनका राफेल नाडालले आइतबार डोमिनिक थिएमलाई ३-० को सेटमा हराउँदै कीर्तिमानी ११ औं फ्रेन्च ओपनको उपाधि जितेका छन् ।

३२ वर्षे नाडालले सातौं वरियाताप्राप्त अष्ट्रियाका थिएमलाई ६-४, ६-३, ६-२ को सेटमा हराएका हुन् ।

उनको यो पहिलो ग्रान्डस्लाम फाइनल हो । यसअघि २००५ देखी २००८ सम्म लगातार ४ पटक फ्रेन्च ओपनको उपाधि जितेका नाडालले २०१० देखी २०१४ सम्म पुनः लगातार ५ पटक उपाधि जितेका थिए ।

गत वर्ष स्विट्जरल्यान्डका स्टेन वावरिन्कालाई ३-० को सेटमा हराउँदै पेरिसमा उपाधि जितेका नाडालले यस वर्ष थिएमलाई पनि ३-० कै सेटमा हराउँदै कीर्तिमान जित फराकिलो बनाए ।

‘डोमिनिकले राम्रो खेले, उनले केही साता यता राम्रो टेनिस खेल्दै आएका थिए । उनी प्रतियोगिताका लागि आवश्यक एक खेलाडी हुन् ’ तेस्रो सेटमा आंैलामा चोट लग्दा गाह्रो भएको भन्दै नाडालले थपे, ‘११औं उपाधि । यो एक सपना थियो ।’

११ औं फ्रेन्च ओपनको उपाधि जितेका नाडालले ३ युएस ओपन, २ विम्बल्डन र एक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । ग्रान्डस्लाम उपाधि १७ पुर्याएका नाडाल रोजर फेडेरर भन्दा ३ उपाधिले पछि छन् । फेडेररले २० वटा ग्रान्डस्लाम उपाधि जितेका छन् । तथापी फेडेररले एउटा मात्र फ्रेन्च ओपन जितेका छन् ।
विश्व नं.१ रोमानियाकी सिमोना हेलेपले शनिबार १० औं वरियताप्राप्त अमेरिकाकी स्लोनी स्टेफनलाई पराजित गर्दै फ्रेन्च ओपनको उपाधि जितेकी छिन् । हेलेपले फ्रेन्च ओपनको उपाधि जितेको यो तेस्रो पटक हो ।

‘मैले आज पनि हारे भन्ने सोचेको थिए । फेरी एक पटक म निराश हुने भए । तर, मैले खेल्नुपर्छ भन्ने लाग्यो ।’ २६ वर्षे हेलेपले भनिन् ‘जब मैले जित्न थाले, पूनरागमन गर्ने मौका यही हो । आत्मबल बढ्दै गयो र मेरो खेल पनि राम्रो भयो । त्यसै कारण यो उपाधि सम्भव भयो । मेरा लागि यो विशेष क्षण हो । किनकी टेनिस खेल्न थालेदेखी मैले उपाधि जित्ने सपना साचेकी थिए ।’

युएस ओपन विजेता स्टेफनलाई हेलेपले ३-६, ६-४, ६-१ को सेटमा पराजित गरेकी हुन् । हेलेपले यसअघि पेरिसमा २०१४ र २०१७ को उपाधि जितेकी थिइन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]