Dabali News

नेकपाद्वारा अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकालसहित विद्यार्थी नेतालाई रिहा गर्न माग

२८ जेठ

काठमाडाैं । अखिल (क्रान्तिकारी) अध्यक्ष चिरन्जीवि ढकालसहित सोमबार गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग माग गरेको छ ।

संगठनको कामको सिलसिलामा बाटोमा हिँडिरहेका बेला साेमबार बिहान राजधानीबाट सरकारले प्रहरी लगाएर अपहरण शैलीमा नेताहरु ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक र केन्द्रीय सदस्य प्रकाशलाई अनाहकमा गिरफ्तार गरेको भन्दै नेकपाले घोर भत्सर्ना गरेको छ । नेकपाले तत्काल बिनासर्त तत्काल रिहाई नगरिए कडा आन्दोलन गर्ने चेतावनी समेत सरकारलाई दिएको छ ।

अखिल (क्रान्तिकारी)सहित अहिले आठ वटा विद्यार्थी संगठनहरु आन्दोलनमा छन् । संगठनहरुले संयुक्त रुपमा सरकारले नै मौलिक अधिकारको रुपमा रहेको शिक्षा निजी क्षेत्रलाई लगानीमा जिम्मा दिएर सर्वसाधारणमाथि चरम महंगीमा व्यापारी गरिरहेको भन्दै सोको अन्त्य गरी निःशुल्क शिक्षा व्यवस्था गर्नुपर्ने र सहमति विपरीत निजी विद्यालयहरुले चर्को शुल्क बढाएर असुलिरहेको भन्दै फिर्ता गर्नुपर्ने माग राख्दै अचरणवद्ध आन्दोलन गर्दै आइरहेको छ ।

शिक्षामा नीजिकरण र व्यापारीकरण गर्नामा सरकारले प्रोत्साहन दिएको विरोधको  समर्थन गर्दै संगठनहरुका मातृ पार्टीका शीर्ष नेताहरुले समेत सरकारको कदमको चर्को विरोध गर्दै आइरहेका छन् । ढकाल नेतृत्वकाे अखिल (क्रान्तिकारी) नेकपा निकट विद्यार्थी संगठन हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]