Dabali News

सरकारसँग प्राविधिकको व्यवस्था गर्न कुखुरापालक किसानको माग

२८ जेष्ठ

काठमाडौं । स्याङ्जाका कुखुरापालक किसानले चल्ला र दानाको मूल्यमा एकरुपता नहुँदा आफूहरु मर्कामा परेको बताएका छन् ।

उनीहरुले चल्ला र दानामा मनोमानी, औषधिको अभाव, बजारीकरणको समस्या र दक्ष प्राविधिक नहुँदा व्यवसायमा फाइदा हुन छाडेको बताए ।

व्यवसायलाई एकरुपता दिन र सबै ब्रोइलरपालक किसान संगठिन हुन गरिएको भेलामा अधिकांश किसानले कुखुरामा रोग लागेमा त्यसको उपचारका लागि पोखरा पुग्नु पर्ने अवस्था रहेको भन्दै प्राविधिकको व्यवस्था गर्न माग गरे ।

भेलालाई सम्बोधन गर्दै वालिङ नगरपालिकाकी उपप्रमुख कल्पना तिवारीले कुखुराजन्य व्यवसायबाट किसानलाई आत्मनिर्भर बनाउन सरकारले कृषि र पशुपालनमा बजेट बढाउनु पर्ने बताएकी छिन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]